Press Releases


०७३ वैशाख ६ गते

 

हार्दिक बधाई

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिका सदस्य तथा अधिवक्ता हरि फुयाल नेपाल सरकारको महान्यायाधीवक्ता पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

 

विगत लामो समयदेखि मानव अधिकार र सामाजिक न्यायका निम्ति सक्रिय रहेका श्री फुयालको नियुक्तिले मानव अधिकारको पक्षमा थप सुदृढ काम हुने हामीले अपेक्षा राखेका छौँ ।

 

मानव अधिकारको विश्वव्यापी क्षेत्राधिकार, सङ्क्रमणकालीन न्याय तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता श्री फुयालको कार्यकाल सशस्त्र द्वन्द्वकालका घटनाको अध्ययन अनुसन्धानका लागि गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सिफारिसलाई कार्यान्वयन गराउनमा समेत महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।

 

 

सुबोधराज प्याकुरेल

अध्यक्ष

Links