Press Releases


२०७३ साउन ६ गते

डा. केसीको जीवन रक्षा गर

 

वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको बेथिति रोकी सुधारको प्रक्रिया अविलम्ब थालनी गर्नुपर्ने माग राखी आमरण अनसन बस्नु भएको आज १२ दिन भएको छ । यसअघि सात पटक आमरण अनसन बसिसक्नु भएका केसीको माग सम्बोधनतर्फ सरकारी प्रतिबद्धता पूरा भएका छैनन् । लगातारको अनसनका कारण उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

 

सरकारले साउन ५ गते डा. केसीसँग वार्ताका लागि तीन सदस्यीय समिति बनाएको छ । विगतमा गरिएका प्रतिबद्धताको कार्यान्यन्वयनको स्पष्ट खाकासहित वार्ता गर्नसकिए उहाँको माग सम्बोधनमा सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौँ । उहाँका केही मागहरू व्यवस्थापिका संसद्को कार्यक्षेत्रभित्र पर्ने भएकाले यसतर्फ पनि व्यवस्थापिका संसद्का सदस्यहरूको ध्यान जान जरुरी छ ।

 

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्तित छ । डा. केसीको माग सम्बोधन गरी जीवन रक्षाको लागि अबिलम्ब पहल गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गर्दछौँ ।

 



 



विजयराज गौतम

कार्यकारी निर्देशक

Links