Press Releases


मिति-२०७३ साउन १३ गते

प्रेस वक्तव्य

 

प्रकाश मानवअधिकार पुरस्कार-२०७२ नेपालगञ्जका मौलाना अब्दुल जब्बर साफीलाई

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले “२२ औँ प्रकाश मानवअधिकार पुरस्कार”बाट नेपालगञ्जका मौलाना अब्दुल जब्बर साफीलाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमितिका महासचिव रमेशचन्द्र पौडेलको संयोजकत्वमा निलमशेखर अधिकारी र ईन्दिरा श्रेष्ठ सम्मिलित तीन सदस्यीय पुरस्कार सिफारिश समितिले चार दशकदेखि सामाजिक सद्भाव कायम गर्न तथा मानवअधिकार र सामाजिक न्यायका लागि क्रियाशील मौलानालाई ‘प्रकाश मानवअधिकार पुरस्कार-२०७२’बाट सम्मानका लागि सिफारिश गरेको थियो । इन्सेकका पाँचै क्षेत्रीय कार्यालयबाट सिफारिश भएका नामहरूमध्येबाट समितिले अन्तिम निर्णय गर्ने गर्दछ । 

 

राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष अनूपराज शर्माको प्रमुख आतिथ्यमा नेपालगञ्जमा साउन १६ गते सम्पन्न हुने एक समारोहका बीच मौलानालाई सम्मान ­गरिने कार्यक्रम रहेको छ ।

 

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानवअधिकार पुरस्कार’बाट यसअघि २१ जना सम्मानित भइसक्नु भएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।

 



 



सुबोधराज प्याकुरेल

अध्यक्ष

Links