Press Releases


०७३ असोज ४ गते

 

दोषीको पहिचान गरी कारबाही गर

 

आज बिहान काठमाडौँ र ललितपुरका केही विद्यालयमा गराइएका बम विष्फोटन तथा विस्फोटक पदार्थ राख्ने घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता घटनाको हामी घोर निन्दा एवम् भत्सर्ना गर्दछौं ।

 

बालबालिका, तिनका अभिभावक र समग्र समाजका नागरिकलाई आतङ्कित बनाउने र भौतिक क्षति पुर्‍याउने उद्देश्यले बम विष्फोट गराउने एवम् बम राख्ने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ ।

 

यो घटनाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र-१९४८ र बाल अधिकारसम्बन्धी महासन्धि-१९८९ को मूल मर्म र भावना विपरित भयरहित वातावरणमा बाँच्न पाउने बालबालिकाको अधिकार कुष्ठित भएको छ । त्यसैगरी उक्त घटनाले नेपालको संविधानको धारा ३९ मा उल्लेख गरिएको बालबालिकाको हकसमेत कुष्ठित गरेको छ ।

 

शान्ति क्षेत्रका रूपमा विकसित हुँदै आएका विद्यालय परिसरमा गराइएको विष्फोट र विष्फोटक पदार्थ राख्ने कार्यको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र आम नागरिकको शान्ति सुरक्षामा संवेदनशील बन्न नेपाल सरकारसँग माग गर्दछौ ।

 

पछिल्लो समय मौलाइरहेको दण्डहीनता अन्त्यका लागि पनि यस्ता अपराधिक कार्यमा संलग्नको पहिचान गरी समाजले थाहा पाउने गरी कारबाही गर्न हामी जोडदार माग गर्दछौं ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

Links