Press Releases


०७३ मङ्सिर २६ गते

 

महिला माथि हुने हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र विकास गर

 

“महिला हिंसा दिवसको अवसरमा घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज” भन्ने नाराका साथ मनाइएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डिसेम्बर १० तारिखमा सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिए ।

 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा भएका महिला अधिकार उल्लङ्घनका घटनाको इन्सेकले अभिलेखिकरण गरेको छ । यस अवधिमा २ सय ७१ जना महिला विभिन्न खालको हिंसाबाट पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।

घटनाको प्रकार पीडितको सङ्ख्या
बलात्कार
कुटपिट
बेचिबखनको प्रयास
बालविवाह
बलात्कार प्रयास
बहुविवाह
यौन दुर्व्यवहार
बालश्रम
कथित बोक्सीको आरोप
हत्या
घरेलु हिंसा २४२
जम्मा २७१

 

 

यो अवधिमा पाँच जना महिलाको परिवारजनबाट हत्या भयो । कथित बोक्सीको आरोपमा तीन जना, यौन दुर्व्यवहारमा दुई जना, नौ जना महिलामाथि बलात्कार तथा तीन जना महिलामाथि बलात्कार प्रयासका घटना भए । बहुविवाहका कारण चार जना, बालविवाहका कारण दुई जना, बेचबिखनको प्रयासका कारण तीन जना पीडित भएको इन्सेकले अभिलेख गर्‍यो ।

यो अवधिमा घरेलु हिंसाका २ सय ४२ ओटा घटना अभिलेख भए । जिल्ला प्रहरी कार्यालय तथा त्यस मातहतका कार्यालयमा दर्ता भएका घरेलु हिंसासम्बन्धी अधिकांश घटनामा प्रहरीले मिलापत्र गराएको पाइयो । घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथमिकता दिनुपरेको प्रहरी कार्यालयहरूले जनाए । यो ऐनको कमजोरीको फाइदा उठाउँदै जघन्य खालका घरेलु हिंसाका घटनामा पनि मेलमिलाप गर्ने परिपाटी कायम रह्यो ।

 

महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भए पनि हिंसाका घटनामा कुनै कमी आएको छैन । नेपाल जनसाङ्ख्यिक र स्वास्थ्य सर्वेक्षण अनुसार हरेक पाँच महिलामा एक भन्दा बढी महिलाले उनको जीवनकालमा मानसिक, शारीरिक वा अन्य किसिमको हिंसाको अनुभव गरेको पाइयो । इन्सेकले गरेको अभिलेखलाई आधार मान्ने हो भने प्रत्येक दिन प्रहरी कार्यालयमा १४ वटा घरेलु हिंसाका उजुरी दर्ता हुने गरेको देखिन्छ ।

 

महिलामाथि हुने हिंसा नियन्त्रणका लागि राज्य तथा अन्य सरोकारवाला सबै निकायको ध्यान जानु जरुरी छ । कानुनी छिद्रलाई प्रयोग गरी पीडकलाई उन्मुक्ति दिने कार्य रोक्न सकिएन भने महिलामाथि हुने हिंसाका घटनामा कमी आउने छैन ।

सुझावहरू

  • घरेलु हिंसाका प्रकृति अनुरूप सजायको कानुनी प्रावधान तर्जुमा गर्नुपर्ने ।
  • बलात्कार, बलात्कार दुष्प्रयास, यौन दुर्व्यवहारका घटनाको उजुरीको हदम्याद बढाउनुपर्ने ।
  • कथित बोक्सीको आरोपमा गरिएका प्रताडना र दुर्व्यवहारबाट भएको मानसिक, सामाजिक, पारिवारिक पीडाबोधको कुनै हर्जाना हुन सक्दैन । यर्सथ पीडकबाट प्राप्त जरिबाना हानिपूरण स्वरूप पीडितलाई उपलब्ध गराउनुपर्ने ।
  • बलात्कार पीडित महिलालाई मनोसामाजिक परामर्शका साथै आवश्यकता अनुसार परिवार र समाजमा घुलमिल हुने वातावरण तयार गर्नुपर्ने ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

 

Links